Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था(पूर्णपाठ)

२०८० श्रावण १२ गते

बैंकिङ खबर/गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन झण्डै पौने ५ खर्ब रुपैयाँ बराबरको पुग्दा देशको जीडीपीमा यो प्रदेशको हिस्सा ९ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेशले गत आर्थिक बर्षमा ३.२६ प्रतिशतको आर्थिक वृद्धि हासील गरेको छ । अघिल्लो आर्थिक बर्ष प्रदेशले ६.३५ प्रतिशतको वृद्धि हासील गरेको थियो । यस्तै प्रदेशको जीडीपीमा प्राथमिक क्षेत्रको २६ प्रतिशत, द्वित्तिय क्षेत्रको १७ प्रतिशत र तृतिय क्षेत्रको ५६ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रदेशमा गत आर्थिक बर्षसम्म प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर पुगेको छ । यस्तै यो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको अन्त्यसम्म ४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५१ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् ।