Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विक्रि गर्यो सवा चार अर्बको ट्रेजरी बिल

२०७३ कार्तिक २२ गते

nrb 1 (1)नेपाल राष्ट्र बैंकले सवा चार अर्ब रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको छ । सरकारका लागि आन्तरिक ऋण जुटाउन सोमबार राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले चार अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको हो ।

 ९१ दिने अवधिको तीन अर्ब ८५ करोड रुपैयाँको र ३६४ दिने अवधिको ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरिएको राष्ट्र बैंकले जनाएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २५ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ कात्तिक २१ गते परिपक्व हुनेछ ।