Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१४ अर्ब हाराहारीले बढ्यो नोट कारोबार

२०८० श्रावण ५ गते

बैंकिङ खबर/ एक वर्षमा चलनचल्तीमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरका नोट (मुद्रा) बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा चलनचल्तिको नोट सामान्य बढेको जनाएको हो।

२०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको नोट चलनचल्तीमा छ। २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब चलनचल्तीमा छ।

राष्ट्र बैंक, उसले इजाजतपत्र बाँडेका बैंक तथा वित्तीय संस्थासँग भएका नोटलाई चलनचल्तीमा भएको मुद्राका रुपमा गणना गरिँदैन। त्यसबाहेक आम सर्वसाधारण, सहकारी, संगठित संस्थालगयात अन्य निकायसँग भएको मुद्रालाई मात्र चलनचल्तीको मुद्राका रुपमा गणना गरिन्छ।

पछिल्लो समय विद्युतीय भुक्तानी बढेका कारण पनि नगद कारोबार कम हुन थालेको छ। गत दसैं (असोज) मा भने अहिलेसम्मकै उच्च दरमा चलनचल्तीमा नोट पुगेको थियो। पोहोर दसैं असोजमा थियो। त्यसबेला ६ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा पुगेका थिए।