Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई खर्ब सहुलियतपूर्ण कर्जा बक्यौता

२०८० असार ३१ गते

बैंकिङ खबर/जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ८२० ऋणीको दुई अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु–याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० जेठ मसान्तसम्म ७२ करोड ५४ लाख बक्यौता रहेको छ ।