Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुले ब्याजदर घटाउने

२०८० असार २९ गते

बैंकिङ खबर/ विकास बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सीइओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बैठकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भद्र सहमति गरेको हो ।

वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न बैंकलाई खुल्ला छाडे पनि विकास बैंकहरु भने संयमित हुँदै ब्याजदर घटाउन सहमत भएका हुन् ।
अहिले विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम् १०.६० प्रतिशत ब्याज दिँदै आएका छन् । साउन १ गतेदेखि यसलाई घटाएर १०.१० कायम गर्ने सल्लाह भएको एशोसिएशनले जनाएको छ ।