Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद १ महिना थपियो

२०८० असार २८ गते

बैंकिङ खबर/ सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना थप गरेको छ । २६ असारदेखि लागु हुनेगरी १ महिनाका लागि कार्यदलको म्याद थप भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२६ असारमा कार्यदलका संयोजक जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना म्याद थप गर्न माग गरेको थियो ।

सोही आधारमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैंठकले कार्यदलको म्यादर एक महिना थप गर्ने निर्णय गरेको थियो । कार्यदलले प्रारमिभक प्रतिवेदन बुझाउँदै सहकारी क्षेत्र सुधारका लागि तत्काल गर्नुपर्ने २७ बुँदे सुझाव पेश गरेको छ ।