Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दर्जन वाणिज्य बैंकहरुलाई सीआईबीको पत्रः माग्यो सहकारीको विवरण

२०८० असार २४ गते


बैंकिङ खबर/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समस्याग्रस्त बचत तथा ऋण सहकारीमा कर्जा लगानी गर्ने वाणिज्य बैंकलाई पत्र पठाएको छ । नेपाल राष्ट्र बैंकमार्फत् एक दर्जन वाणिज्य बैंकलाई पत्र लेख्दै सीआईबीले आफूले अनुसन्धान गरिरहेका विभिन्न सहकारीको सम्पत्ति र दायित्वका विषयमा जानकारी मागेको हो ।

उक्त सहकारीका सञ्चालकले बैंकबाट अर्बौं ऋण लिएको भेटिएपछि सीआईबीले बैंकहरुलाई पत्र काटेर विस्तृत विवरण मागेको हो । सीआईबीले सहकारीको धितोमा रहेको सम्पत्ति र दायित्वको विषयमा चासो राखेको छ । शिवशिखर, पशुपति, तुलसी, सुप्रिम, गौतम श्री, बराहा, एकताबद्ध, देउराली, इमेजलगायतका सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसेकेपछि सीआईबीले अनुसन्धान गरिरहेको छ ।