
बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिलेपनि कतिपय सहरकारीले राम्रो काम गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न पनि नसकेको बताए ।
सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणको गठन हुन आवश्यक रहेको उनले बताए । बचत तथा कर्जा सुरक्षण कोष बनाउन राज्यलाई सिफारिस गर्ने तयारी भएको पनि बताए । उनले सदस्यहरुको बचत फिर्ता पाउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको भन्दै अहिलेको अवस्थालाई पार लगाउँदै भोलिका दिनमा यस्ता समस्या नदोहोरियोस् भन्नका लागि राज्यले अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।


