Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माइतीघरमा बसेरमात्रै सहकारी समस्या समाधान हुँदैनः के.बी उप्रेती

२०८० असार २० गते

 

बैंकिङ खबर/राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी उप्रेतीले सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक रहेको बताए । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले सहकारी ऐनमा विद्यालय र उद्योग खोल्ने व्यवस्था रहेपनि शिक्षा ऐन र उद्योग ऐनले रोकेको उल्लेख गदै त्यसलाई खुल्ला गर्नुपर्ने बताए ।

माइतीघरमा बसेरमात्रै सहकारी समस्या समाधान नहुने उनको भनाइ छ । अहिले सहकारीमात्रै नभएर कुनैपनि क्षेत्र राम्रो नरहेको उनको भनाई छ । उनले सहकारीलाई पहिला बचाउने र त्यसपछि सुधारका कार्यक्रम ल्याउनुपर्ने बताए ।