Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अन्र्तराष्ट्रिय सहकारी महासंघको सदस्यमा केशव बडाल 

२०७३ कार्तिक १९ गते

keshav-badal-4राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडाल अन्र्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको सदस्यमा सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । महासंघको आगामी नोभेम्बर १७ मा हुने सभामा उनलाई सदस्य घोषित गरिने भएको छ । उनी सभाले घोषणा गर्नुअगाडि नै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । 

करीब २ सयको प्रतिनीधिहरुको उपस्थीतिमा हुने सो सभामा नेपालबाट बडालसहित १५ जनाको प्रतिनिधित्व रहने बताइएको छ । बडालले राष्ट्रिय सहकारी संघको प्रतिनिधित्व गर्नेछन् । 

२८ वटा देशहरुकोे सहभागीता रहेको महासंघमा एक देशबाट एक जना मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ । उक्त महासंघ ११ सदस्यीय हुनेछ । महासंघले हरेक चार वर्षमा सभा गरी नयाँ कार्यसमिति चयन गर्ने गरेको छ ।