
बैंकिङ/ नेपाल राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधन गर्न छुट्टै इकाइ स्थापना गरिएको छ । लघुवित्तका सदस्य तथा ऋणीबाट धेरै गुनासो आउने क्रम बढेपछि केन्द्रीय बैंकले गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो ।
लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेकाहरुको गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गुनासो टिपाउन पैसा नलाग्ने नम्बर १८१०५००००२२ मा सम्पर्क गर्न या gunaso.nrb.org.np बाट वा इमेल gunaso@nrb.org.np मा निवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।


