Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तलाई नयाँ मोडालिटीमा अघि लैजाने राष्ट्र बैंकको तयारी

२०८० असार १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्तलाई नयाँ मोडालिटीमा अघि लैजाने तयारी गरेको छ । लघुवित्तविरुद्ध आन्दोलन हुन थालेसँगै राष्ट्र बैंकले यसको समस्याबारे अध्ययन शुरु गरिएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक तथा अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा लघुवित्त समस्या अध्ययन समिति गठन भएको छ। समितिले लघुवित्तको समस्यासम्बन्धी अध्ययन अन्तिम चरणमा पुर्याइसकेको राष्ट्र बैंकले जनाएको छ ।