Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

२०८० असार १५ गते

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा बापतको रकम हस्तान्तरण गरेको छ। सुदूरपश्चिम प्रदेशको कन्चनपुर जिल्लामा रहेको बनसमिति शाखा कार्यालयमा कर्जा कारोबार गरिरहेका सदस्य वीरेन्द्र रानाको असमाहिक निधन भएपछि उनको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सुदूर पश्चिम प्रदेश प्रमुख राम किशोर चौधरी, उप–प्रदेश प्रमुख भिम बहादुर साउद, शाखा प्रमुख शिदेस्वरी राउतको उपस्थितिमा शुक्लाफाट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चक्र बहादुर खड्कामार्फत मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा बापतको रकम मृतकको श्रीमती लक्ष्मी रानालाई ८ लाख ६८००० हजारको चेक हस्तान्तण गरिएको हो ।

वडा अध्यक्ष खड्काले लघुवित्त संस्थाले वित्तीय सेवा सँगसँगै लघु कर्जा बीमाको सेवा प्रदान गरेको हुनाले सदस्यहरु यसबाट लाभान्वित भएको बताए । एक दुई सहकारी संस्थाको बदमासीको कारण पछिल्लो समय केही व्यक्तिले लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति नै खडा गरी संवेदनशील क्षेत्रमा आन्दोलन गर्ने, संस्थाका कार्यालयमा ताल्चा लगाउने जस्ता कार्यले गर्दा समग्र वित्तीय संस्थालाई धरासाही पारेर गाउँ घरका निमुखा जनताहरुलाई वित्तीय सेवाबाट बन्चित गर्न उद्धत देखिन्छ ।

तसर्थ यस्ता क्रियाकलापलाई सरकारले यथाशिघ्र रोक लगाउनुपर्ने अध्यक्ष खड्काले बताए । मिर्मिरे लघुवित्त वि.सं २०६७ साल असोज ७ गते स्थापना भएको हो । यस लघुवित्तले ६३ जिल्लाहरुमा १ सय ५२ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्‍याउँदै आइरहेको छ ।