Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिले बजेटमा रहेका सबै समस्याको समाधान गर्न सक्दैनः पूर्वगभर्नर क्षेत्री

२०८० असार १५ गते

दिपेन्द्रबहादुर क्षेत्री
पूर्वगभर्नर
जेठ १५ भित्रबजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था नहुने हो भने बजेट पनि समयमा आउँदैनथ्यो । सरकारले ल्याएको बजेट पारित नभएको खण्डमा सरकार असफल हुने डरले दलहरुले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

संविधानले नै जेठ १५ गते बजेट ल्याउनुपर्ने भनेको हुनाले मात्रै हामीले जाँगर चलाएर हामीले बजेट ल्याउने गरेका छौं भन्ने कुरा पुष्टि भएको छ । अहिलेको बजेट साईजमा पनि धेरै भएकोे र आर्थिक वृद्धि दरभन्दा मूल्य वृद्धि बढ्ने प्रक्षेपण भएको छ । अहिले देशको अर्थतन्त्र चालु खर्च पनि धान्न नसक्ने अवस्थामा रहेको छ । बजेटमा आर्थिक वृद्धि ६ प्रतिशत हुने भनिएको र मूल्य वृद्धि साढे ६ प्रतिशत रहेकाले अहिलेको बजेटबाट खासै नयाँ केही अपेक्षा गर्न सकिने अवस्था छैन ।

हामीले आर्जन गरेको रकमबाट चालु खर्च पनि धान्न सक्ने अवस्था बजेटको छैन । त्यसो भएको हुनाले यो त राम्रो बजेट होइन, भन्ने कुरा आयो । त्यो भन्दा पनि डरलाग्दो कुरा के छ भने पुँजीगत खर्च भनेको पुँजी निर्माण गर्ने विषय हो ।

पुँजी निर्माण गर्ने विषय नै सालभरिको हाम्रो ऋण र त्यसको व्याज तिर्नमा पुँजीगत खर्चभन्दा बढ्ता प्रस्ताव गरिएको छ भनेपछि हाम्रो बजेटले हामीलाई के दिन खोजेको भन्ने कुरा झल्किन्छ । मौद्रिक नीतिले पनि बजेटमा रहेका सबै समस्याको समाधान गर्न सक्दैन ।