Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

को हुन् नेपाल आएका ज्याक मा ?, यस्तो छ उनको रोचक जीवनी

२०८० असार १२ गते

बैंकिङ खबर/ चिनियाँ अर्बपति ज्याक मा तीन दिने भ्रमणका लागि काठमाडौं आएका छन्। उनी बत्तिसपुलतीस्थित द्वारिकाज होटलमा बास बसेका छन्।  बोइङ ७३७ म्याक्स विमानबाट उनी मंगलबार नेपाल आएका हुन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

को हुन् ज्याक मा

ज्याक मा को वास्तविक नाम मा यूङ् हो । उनको जन्म सेप्टेम्बर १०, १९६४ मा चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा भएको थियो। ज्याक माका आमाबाबु चीनका परम्परागत संगीतकार थिए, जसले आफ्नो परिवारलाई सहयोग गर्नका लागि कथा सुनाउने काम पनि गरेका थिए। परिवारको आम्दानीको सीमित साधन थियो र आमा गरिब घरमा हुर्केकी थिइन् तर खुसी थिइन् । ज्याकलाई एकदमै अंग्रेजी सिक्ने रहर थियो ।

त्यसपछि परिवारले खर्च गर्न नसक्ने हुनाले ज्याकलाई साइकल चलाएर नजिकैको होटेलमा र विदेशीहरूसँग अन्तरक्रिया गर्न लगेका थिए । विदेशबाट आएका साथीहरूले उनलाई ज्याक नाम दिएका थिए । आफ्नो किशोरावस्थामा उनले हांग्जाउमा विदेशी पर्यटकहरूको लागि गाइडको रूपमा काम गरे। जसले गर्दा उनलाई अंग्रेजी सिक्न सहज भयो ।

उनले करिब ९ वर्ष पर्यटक गाइडको रुपमा काम गरे। पर्यटकहरूलाई घुमाउने क्रममा उनी अंग्रेजी बोल्थे। यस कामको लागि, उनी प्रायः साइकलमा ७० माइल कभर गर्थे। मा ह्वाङजाउमा टिचर्स कलेजको प्रवेश परीक्षामा दुई पटक फेल भएका थिए । उनलाई गणित विषय अप्ठ्यारो लाग्थ्यो । तेस्रो पटकमा १९८४ मा उनी सफल भए र भर्ना पनि भए । उनले १९८८ मा अंग्रेजीमा स्नातक गरेका थिए ।

अंग्रेजी शिक्षकको रूपमा करियर शुरु

१९८८ देखि उनले हनजाउ इन्स्टिच्युट अफ इलेक्टोनिक्स र इन्जिनियरिङ(हाल हनजाओ डिएन्जी) मा अंग्रेजी पढाएका थिए । उनले त्यहाँ १९९३ सम्म पठाए । ज्याक मा आफ्नो जीवनमा कम्तिमा ३० पटक विभिन्न कम्पनीमा जागिरको लागि धाए तर सबै ठाउँबाट अस्वीकृत भए। तर पनि उनले हार मानेनन्।

जब अमेरिकाको फास्टफुड रेष्टुराँ कम्पनी केएफसीको शाखा चीनमा खुल्न लागेको थियो, तब उनले त्यसमा जागिरका लागि अन्तरवार्ता पनि दिएका थिए। तर अन्तरवार्तामा गएका २४ जनामध्ये २३ जना छनोट भएका थिए। ज्याक मा एक मात्र थिए जसलाई अस्विकार गरियो । तर पनि उनले हार खाएनन् । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए ।

विवाह

ज्याकको विवाह झाङ यिङसँग भयो । जसलाई उनले हांग्जाउ नर्मल युनिभर्सिटीमासँगै अध्ययन गर्दा भेटेका थिए । स्नातक गरेपछि नै विवाह गरेका थिए। उनी चिनियाँ हुन् र उनको व्यवसायसँग सम्बन्धित सबै उद्यमहरूमा उनलाई निरन्तर सहयोग गरिरहेकी छिन्।

झाङको सहयोगमा ज्याकले २०,००० अमेरिकी डलर र पछि अलिबाबामा लगानी गरेर आफ्नो पहिलो कम्पनी स्थापना गरे। उनी विभिन्न सामाजिक र वातावरणीय कारणहरूको लागि खडा हुने धेरै परोपकारी र संस्थाहरूलाई समर्थन गर्नमा पनि संलग्न छिन्। यिनीहरूका लागि उनले धेरै दान गरिसकेकी छिन्, लाखौंमा पनि ।

अलिबाबाका संस्थापक

सन् १९९० को दशकमा इन्टरनेटको क्रान्ति गरेका उनले जागिर छाडेर आफ्नै व्यवसाय शुरु गरे। त्यही बेला अलिबाबा डटकमको स्थापना भयो। ज्याकलाई कम्प्युटरको खासै ज्ञान पनि थिएन। र पनि उनले अनलाइन व्यापार शुरु गरेका थिए ।

प्रारम्भिक चरणमा ज्याक माले आफ्ना साथीहरूलाई मनाएर ६०,००० डलर जुटाएर अलिबाबा नामक इन्टरनेट बजार प्लाटफर्म शुरु गरेका थिए । यस अनलाइन प्लाटफर्मले सामग्री खरिदबिक्रीलाई सहज बनाउँदै आएको छ । उनले कम्पनी शुरु गर्दा चीनमा १ प्रतिशत मात्रै इन्टरनेटको पहुँच थियो। ज्याक माका अनुसार मूल्यमा प्रतिस्पर्धा नगरी सेवा र नवीनतामा प्रतिस्पर्धा गर्नुपर्छ ।

उनको जीवनी पुस्तक ’अलिबाबाः द हाउस ड्याट ज्याक मा बिल्ट’ मा भनिएको छ, जब ज्याकले सन् १९९९ मा आफ्नो अपार्टमेन्टमा अलिबाबा कम्पनी शुरु गरे, मानिसहरूले उनलाई शंकाको दृष्टिकोणले हेर्दथे। करिब तीन वर्षसम्म मानिसहरूले उनलाई ठगको रूपमा सोचिरहेका थिए। तर पछि मानिसहरू ज्याक मा उनीहरूको जीवन सजिलो बनाउने व्यक्ति हुन् भनेर विश्वस्त भए।

सन् १९९४ मा उनी आफ्नो व्यवसायको सिलसिलामा अमेरिका गएका थिए, त्यहाँ इन्टरनेट देखेर छक्क परेका थिए। घरमा बसेका मानिसहरूले कसरी इन्टरनेटको माध्यमबाट आफ्ना साथीभाइ र आफन्तहरूसँग सम्पर्क गर्न सक्छन् भन्ने कुरा देखेर उनी अचम्म परे। तर अलिबाबाको सफलतापछि ज्याक मा चीनमा ‘मिस्टर इन्टरनेट’ को नामले प्रसिद्ध भए।

अलिबाबाका प्रारम्भिक लगानीकर्ताहरूमध्येका एक वु यिङले वेबसाइटमा ज्याक माको बारेमा लेखेका छन्, ‘उनी आफ्नो हातमा पुरानो ज्याकेट र कागज लिएर हामीकहाँ आएका थिए। ६ मिनेट भित्रै उनले लगानीकर्तालाई आफूप्रति विश्वास दिलाए र २ करोड अमेरिकी डलर ऋण पाए।’

५८ वर्षका अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीका सीइओको पदबाट २०१९मा राजीनामा दिएका थिए। सेप्टेम्बर १०, २०१९, मंगलबार, ज्याक माले आफ्नो ५५ औं जन्मदिन मनाएर ४७ वर्षीय डेनियल झाङलाई कम्पनीको जिम्मेवारी सुम्पेका थिए।

तर, उनी करिब एक वर्षसम्म कम्पनीमा सल्लाहकारका रूपमा आबद्ध रहेका थिए। ज्याक माले सन्यास लिएपछि फेरि पढाउने बताएका थिए। विदेशमा करिब एक वर्ष बिताएपछि, ज्याक मा २०२३ मार्चमा चीन फर्केका थिए । अलिबाबाले आफ्नो व्यवसाय ६ भागमा विभाजन गर्ने योजना बनाएकाले उनी चीन पुगेका थिए । अलिबाबाले समूह विभाजनको घोषणा गर्नु अघिल्लो दिन चीनको एउटा विद्यालयमा उनी देखिएका थिए।

चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बरमा

चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बरमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । फोब्र्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ ।

सार्वजनिक जीवनबाट हराए

उनी सन् २०२० को सुरुवाततिरबाट अचानक सार्वजनिक जीवनबाट हराएका थिए । चीन सरकारका नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उनको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो । उनलाई नजरबन्दमा राखिएको हल्लाकै बीच गत मार्च महिनामा उनी जापानमा देखिएका थिए । चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् । उनी परिवारसहित टोक्योमा बसिरहेको छन् ।

दराज खरिद

ज्याक मा संस्थापक रहेको अलिबाबा विश्वचर्चिचत कम्पनी हो। त्यही कम्पनीले नेपालमा पनि सपिङ अनलाइन कम्पनी दराज खरिद गरेको थियो। दराज सपिङ अनलाइन कम्पनी पाकिस्तानमा सन् २०१२ मा स्थापना भएको थियो।

ई–कर्मश प्लाटफर्मका रुपमा स्थापित भएको दराज नेपालमा पनि बहुचर्चित छ। ५ वर्षअघि अलिबाबाले ई–कमर्श कम्पनी दराजलाई प्राप्ति गरेको थियो। तर अलिबाबा ग्रुरुपले खरिद गर्नुअघि दराज नेपाली बजारमा प्रवेश गरिसकेको थियो। हाल दराज पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, म्यानमार, नेपाल लगायतका देशमा सञ्चालित छ।

अलिबाबा ग्रुपले प्राप्ति गरेपछि पनि दराजले पुरानै ब्रान्डमा ई–कमर्शको कारोबार गर्दै आएको छ। अलिबाबाका उनै खर्बपति मालिक ज्याक मा को नेपाल मंगलबार नेपाल आएसँगै व्यवसायीहरुले पनि चासो देखाएका छन्।