Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अन्तर बैंक सापटी ठप्प

२०८० असार १२ गते

बैंकिङ खबर/प्रणालीमा तरलता अध्याधिक बढेपछि बैंकहरुबीच हुने अन्तर बैंक सापटी ठप्प भएको छ । साढे ८ प्रतिशतसम्म पुगेको सापटी अहिले करिव २ प्रतिशतमा आएको छ।
नेपाल राष्ट्र बैंकले अधिक भएको तरलता तान्न दुई पटक रिभर्स रिपो गर्दासमेत तरलता उच्च छ।

बैंकहरुले केही समययता ऋण लगानी पनि बढाउन थालेका छन्। तैपनि तरलता उच्च भएका कारण अन्तर बैंक सापटीमा बैंकले रुचि देखाउन छाडेका छन्। केही समयअघिसम्म तरलता अभाव हुँदा बैंकहरुले हरेक दिन राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा लिँदै आएका थिए। त्यो पनि करिव ३ महिनायता ठप्पै छ।