Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त बैंकर्स संघ बागलुङ जिल्ला समन्वय समिति गठन

२०८० असार ११ गते

बैंकिङ खबर/ नेपाल लघुवित्त बैंकर्स संघ बागलुङमा नयाँ नेतृत्व चयन भएको छ । संघले लिएको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन अध्यक्ष जयबहादुर विटालु(विजय क्षेत्री) अध्यक्ष रहने गरी जिल्ला समन्वय समिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा सपना हमाल, सचिवमा अजित नेपाल र कोषाध्यक्षमा आस्विन तिवारी रहेका छन् । लघुवित्त कार्यक्रमलाई दिगो र प्रभावकारी रुपमा प्रवद्र्धन गर्न छाता संगठनको रुपमा स्थापित नेपाल लघुवित्त बैंकर्स संघले मुख्यतया लघुवित्त सम्बन्धी नीतिगत वकालत/पैरवी, संस्थागत क्षमता अभिवृद्धि र अनुसन्धान तथा ज्ञान व्यवस्थापनको कार्य गर्दै आएको छ।