
बैंकिङ खबर/ नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि.बीच मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.बाट संचालक समितीको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्था लि.को संचालक समितीको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेशनल माइक्रोफाइनान्सको १०० कित्ता शेयर बरावर समीट लघुवित्तको ७३ कित्ता शेयर हुनेगरी स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि.हुने र केन्द्रीय कार्यालय बनेपा रहनेछ ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरी सम्झौता भएको छ ।
मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को चुक्ता पुँजी रु.१ अर्ब ८ करोड भइ शाखा सञ्जाल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहुँच पुग्नेछ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दामाथि भई कर्मचारी संख्यां करिब ९०० जना पुग्ने, कर्जा रु.१७ अर्ब र बचत करिब रु.५ अर्ब पुग्ने छ ।




