Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने

२०८० असार ५ गते

बैंकिङ खबर/सरकारले घरजग्गा क्षेत्रमा पुरानै कर लागू गर्ने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने जनाएको हो ।

नेपाल जग्गा तथा आवास विकास महासंघलाई सम्बोधन गर्दै विभागले आर्थिक विधेयक २०८० को दफा २९ का विषयमा दुबिधा भएकाले स्पष्ट गरिदिन अनुरोध भएको सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको उल्लेख गरेको छ ।

विभागले कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने पनि स्पष्ट गरेको छ ।