Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरूको नाफा चार अर्ब २९ करोड

२०८० असार ५ गते

बैंकिङ खबर/विकास बैंकहरूले चालू आर्थिक वर्षको १० महिनामा चार अर्ब २९ करोड खुद नाफा आर्जन गरेको छ । यो गत चैतको तुलनामा १३.४४ प्रतिशतले बढी हो ।

वैशाखमा मात्रै विकास बैंकहरूले ५० करोडभन्दा बढी नाफा आर्जन गरेका हुन् । १० महिनामा विकास बैंकहरूको आम्दानी ६६ अर्ब ३२ करोड पुगेको छ । १० महिनामा विकास बैंकहरूको ब्याज आम्दानी मात्रै ६१ अर्ब १६ करोड रुपैयाँ छ ।

त्यस्तै, वित्त कम्पनीको नाफामा १८.५७ प्रतिशतको वृद्धि भएको छ । १० महिनामा वित्त कम्पनीहरूले एक अर्ब १४ करोड नाफा आर्जन गरेका छन् ।