Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा नियमावलीको मस्यौदामा प्राधिकरणको संशोधन

२०८० असार १ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा नियमावलीको मस्यौदामा संशोधन गरेको छ । प्राधिकरणले बीमा अभिकर्ता कमिशन तथा प्रोत्साहन (इन्टेन्सिभ) सम्बन्धी व्यवस्थालाई संशोधन गरेको हो । नियमावलीमा बीमित आफै प्रत्यक्ष रुपमा बीमा गर्न आएमा कमिशनमा नबढ्ने गरी जीवन बीमाको हकमा ८ प्रतिशत र निर्जीवन बीमाको हकमा ५ प्रतिशत सम्म बीमाशुल्कमा छुट दिन सकिने व्यवस्था गरेको थियो । बीमा गर्न इच्छुकलाई सहुलियत पुग्ने गरी गरेको यस्तो व्यवस्था प्राधिकरणले मस्यौदाबाटै हटाएको हो ।

पेशागत बीमा अभिकर्ता संघले नियमावलीको मस्यौदामा रहेको उक्त व्यवस्था सहित १७ वटा बुँदा संशोधन गर्न चेतावनी दिए पछि प्राधिकरण व्याक भएको हो । संघले जेठ २६ गते प्राधिकरणलाई पत्र लेख्दै प्रास्तावित बीमा नियमावली फिर्तालाई संशोधन गर्न चेतावनी दिएको थियो । संघले उक्त व्यवस्था बीमा बजारको सिद्धान्त विपरित भएको जनाएको छ । ‘उत्पादकले नै आफ्नो उत्पादन व्यक्तिगत रुपमा बिक्री गर्ने कुरा संसरभरका व्यवसायिक सिद्धान्त र मान्यता भन्दा फरक हुनु हुदैन,’ संघले जारी गरेको पत्रमा उल्लेख छ, ‘अभिकर्ता घर घरमा गएर बीमितलाई सकारात्मक बनाएपछि कुनै पनि व्यक्ति कम्पनीमा गएर बीमा गराउँदा सकारात्मक सन्देश पनि जादैन । यो प्रवधानले मेहनती श्रमिकलाई अन्याय हुन्छ ।’