Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘व्यवसायी बैंकरलाई आफ्नो शेयर बेचेर निस्कन दिनुपर्छ’

२०८० असार १ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले क्रमिक रुपमा संस्थापक शेयर बेच्न दिनुपर्ने बताएका छन् ।

आगामी वर्षको मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. खतिवडाले सम्पूर्ण रुपमा नभएर कम्तिमा १० प्रतिशत संस्थापक शेयर बेच्न दिनुपर्ने बताए । आफू गभर्नर र अर्थमन्त्री हुँदा समेत बैंकर र व्यवसायी छुट्याउन कोशिस गर्दा पनि नसकिएको बताउँदै उनले व्यवसायी समेत रहेका बैंकरले आफ्नो स्वामित्व बेच्न चाहेमा यो बैंकर र व्यवसायी छुट्याउने एउटा मौकाको रुपमा सदुपयोग गर्नुपर्ने उनले बताए ।

अहिले बैंक तथा वित्तीय संस्था ओभर क्यापिटलाइज भइसकेको बताउँदै उनले फेरि पनि पुँजी थप्ने काम नगर्न बैंकर्सहरुलाई सुझाव दिए । विगतको पुँजी वृद्धिको कारण समस्या आएको बताउँदै ६ प्रतिशतको आर्थिक वृद्धि गर्न १२ प्रतिशतको कर्जा वृद्धिले ठेग्न सक्ने ठोकुवा गरे । बैकहरुको रिटर्न

अन इक्विटी १०–१२ प्रतिशतमा झरिसकेको बताउँदै उनले स्प्रेड रेटलाई ४ प्रतिशतभन्दा पनि तल झार्ने काम नगर्न राष्ट्र बैंकलाई सुझाव दिए । बैंकरहरुले भने मुद्दती खाताको व्याज दर एकल अंकमा राख्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

बैंकहरुको मिलोमतोमा व्याज तोक्ने परिपाटीको खुलेर विरोध गर्दै आफ्नो पालामा यस्ता कार्टेलिङलाई कारवाही समेत गरेको स्मरण गरे । उनले कृषि क्षेत्र र अन्य प्रभावित विशेष क्षेत्रलाई तोकेर रिफाइनान्स बढाउन सकिनेमा जोड दिए ।