Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आगामी मौद्रिक नीति कसिलो बनाउन पूर्वगभर्नर ढकालकाे सुझाव

२०८० जेष्ठ ३२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले बैंकहरूले ब्याजदरमा कार्टेलिङ गरेको बताएका छन् । आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले ब्याजदर नेपाल राष्ट्र बैंकले तोक्ने कि बैंकर्स संघले भन्दै प्रश्न गरे । राष्ट्र बैंकले तय गर्ने नीतिकै आधारमा बैंकले नभई बजारले ब्याजदर तोक्नुपर्ने उनले बताए । नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले देशको अर्थतन्त्र बचेको उनको तर्क छ ।

नीति कसिलोबाट खुकुलो हुँदै गएको भन्दै उनले कसिलो बनाउन सुझाव दिए । उनले हङकङको सामान बेच्ने सटर बन्द भएर फरक नपर्ने भन्दै दैनिक जीवन उपभोग्य वस्तु बेच्ने पसल बन्द हुन नहुने बताए । देशमा १२-१५ बैंक भए पुग्ने भन्दै मर्जरको नीति अझै कडा गर्न उनले सुझाव दिए । उनले सार्क राष्ट्रमा प्रयोग हुने डिजिटल करेन्सी चाडो ल्याउन सुझाव दिए ।