
बैंकिङ खबर/महुली लघुवित्त वित्तीय संस्था लि. ले ११ औं स्थापना दिवस सम्पन्न गरेको छ । हरेक वर्ष जेठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
६४ वटा शाखा कार्यालयमार्फत करिव ३००० वृक्षारोपण तथा करिब ६४ जना उत्कृष्ट सेवाग्राही सदस्यलाई सम्मानसहित सरसफाई, रक्तदान र श्रमदान कार्यक्रम आयोजना गरेको हो ।
विश्वव्यापी तापमान वृद्धि, वायु प्रदुषण लगायत अन्य वातावरणीय समस्यालाई मध्यनजर गर्दै संस्थाले वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै कार्यक्रम आयोजना गरेको हो ।
विभिन्न शाखा कार्यालयद्घारा आयोजित कार्यक्रममा स्थानीय जन प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्कुल, युवा, विद्यार्थी लगायतको सक्रिय सहभागीता रहेको थियो ।
संस्थाले वृक्षारोपण कार्यक्रम आयोजना गर्दा संरक्षणलाई मुख्य प्राथमिकता दिँदै संरक्षण प्रतिबद्घता जनाएको स्थानहरुमा स्थानीयहरुको सहयोगमा वृक्षारोपण गरेको हो ।
विभिन्न स्थानमा सहभागी जनप्रतिनिधिहरुले संस्थालाई ११ औं स्थापना दिवसको शुभकामना दिँदै परिस्कृत सेवा प्रवाह गर्न जोड दिएका थिए ।
हालको परिस्थितिमा वित्तीय संस्थाहरुको महत्व रहेको बताउँदै हरेक नागरिकलाई जिम्मेवार हुन आग्रह समेत गरेका थिए । केन्द्रीय कार्यालयद्घारा आयोजित वृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नं. २ सप्तरी (क) का प्रदेश सांसद राज कुमार लेखीले प्रदेश नं २ को महुलीमा केन्द्रीय कार्यालय स्थापना गरेर काम गरिरहेको संस्था भनेर चिन्न पाउँदा खुसी लागेको बताउँदै सञ्चालनगत कठिनाइमा केहि समस्या भए सोको सहजीकरणमा सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।
शुभकामना व्यक्त गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्षले राम्रो लक्ष्यसहित सानो पूँजीबाट जनताको सेवा गर्न स्थापित भएको संस्था भएकाले कर्मचारीहरुलाई बर्तमानमा देखिएको चुनौति तथा आरोपहरुप्रति हतोत्साहित नहुन साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
शुभकामना सन्देश दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले स्थापना दिवसको अवसरमा वृक्षारोपण, सरसफाई, रक्तदान, श्रमदान जस्ता पुनित कार्यक्रम आयोजना भएको खुसी व्यक्त गर्दै भावी दिनमा समेत समाजप्रतिको जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्ने बताएका थिए ।




