Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मोबाइल बैंकिङसँगै सदस्यहरुलाई क्यू.आर. सेवा प्रदान गर्दै मिर्मिरे

२०८० जेष्ठ ३० गते

बैंकिङ खबर/ काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो व्यवसायी ग्राहकहरुको लागि क्यू.आर. सेवाको शुभारम्भ गरेको छ ।

केन्द्रीय कार्यालयमा भएको क्यु.आर. समुदघाटन कार्यक्रममा बनेपास्थित माँ चण्डेश्वरी व्युटीपार्लर संचालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेक बहादुर बोहराले क्यु.आर. कोड हस्तान्तरण गरी सेवा सुचारु गरेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुले यस अगाडी मोवाइल बैंकिङ मार्फत कारोवार गर्ने सुविधा प्रयोग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त गरी नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यु आर. सेवा समेत सुचारु गरेको हो । वितरण गरिएको क्यु.आर. मार्फत संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले पहिलो पटक भुक्तानी गर्नुभएको हो ।

हाल संस्थाले अधिराज्यभरीका १५१ वटा शाखा कार्यालयहरुमा आवद्ध रहेका सदस्यहरुलाई मोवाइल बैंकिङ तथा एसएमएस सेवा प्रदान गर्दै आएको छ भने शाखाहरुबाट संकलित सदस्यहरुको क्यु.आर. कोड तयारी भइ शाखाहरुमा पठाइएको छ ।

अहिले बजारमा प्रायः ग्राहकहरुले क्यु.आर. कोड खोजी गर्ने र समयको माग तथा सदस्यहरुको माग बमोजिम यस किसिमका सेवाहरु संचालनमा ल्याउनको लागि आफूहरु प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताउनुभयो ।

क्यु.आर. कोड बाट सदस्यहरुले भुक्तानी लिन तथा अन्य ग्राहकहरुले भुक्तानी दिन सहज हुनुको साथै मिर्मिरे मोवाइल एपमार्फत वित्तीय कारोवारहरु, बजत विवरण बुझ्ने, किस्ता तिर्ने, वीलहरुको भुक्तानी गर्ने तथा खानेपानी तथा इन्टरनेट लगायतका शुल्कहरु समेत भुक्तानी गर्न सकिने संस्थाका सूचना प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी गराउनुभयो । समुद्घाटन कार्यक्रम संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संचालन गर्नुभएको थियो ।