
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि थप दवाव दिने तयारी गरेको छ । राष्ट्र बैंकले अहिले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारीम जुटेको छ ।
राष्ट्र बैंक लघुवित्तहरुको मर्जरको लागि मौद्रिक नीतिमा थप गृहकार्य गरिरहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । क्रस होल्डिङ भएका लघुवित्तहरुलाई मर्जरमा जानको लागि मौद्रिक नीतिमा थप दबाव दिने गरी नीतिगत व्यवस्था हुने छ ।
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जर गराएर ३० देखि ३५ वटामा झार्ने योजना बनाएको थियो। सोहि अनुसार मर्जरमा विशेष जोड दिँदै आएको छ।


