Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती

२०८० जेष्ठ २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । राष्ट्र बैंकले साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तलाई एक आपसमा मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको हो ।

यी दुबै लघुवित्तहरुले भदौ ३१ गते मर्जमा जाने सम्झौता गरेका थिए । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको थियो भने बिहीबार अन्तिम स्वीकृती दिएको छ ।

मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ।