
बैंकिङ खबर/ सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने भएको छ । बुधबार बसेको छलफल पश्चात् पहिलो चरणको कृषि बीमा दाबी भुक्तानी रकम दिने भएको हो । सरकारले पहिलो चरणमा कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेकाे छ ।
बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले कृषि बीमा वापत अनुदान बापत बीमा कम्पनीहरुलाई कुल २ अर्ब ९४ करोड ५८ रुपैयाँ भुक्तानी दिन बाँकी छ । पहिलो चरणको रकम दिने सहमती भएको छ, कृषि मन्त्रालयले चार महिनाको रकम दिन लागेको हो । मन्त्रालयले मंसिर, पुस, माघ, फागुण महिनाको अनुदान वापतको रकम भुक्तानी गर्न लागेको हो ।
निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट यसको कारोबार स्थगित गरिरहेको छ । नयाँ बीमापोलिसी पनि जारी गरिएको छैन । साथै, दावी भुक्तानी पनि रोकिएको छ । त्यसको दुई हप्तापछि सरकारले ७२ करोड रुपैयाँ भुक्तानी दिन लागेको हो ।



