
बैंकिङ खबर/तल्लो तहका गरिब किसानसम्म बीमाको पहुँच पु¥याउन बीमा प्राधिकरणले नयाँ लघुबिमा कम्पनी सञ्चालनका लागि अनुमति दिएको छ ।
हालसम्म चार नयाँ लघुबिमा कम्पनीले व्यवसाय शुरु गरिसकेका छन्। बाँकी तीन कम्पनी छिट्टै सञ्चालनमा आउने बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत मंसिरमा ७ नयाँ लघुबिमा कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको थियो । एलओआई पाउनेमध्ये ४ कम्पनी व्यवसाय सञ्चालन शुरु गरिसकेका छन् । बाँकी ३ कम्पनीलाई छिट्टै सञ्चालन अनुमति दिइने प्राधिकरणले जनाएको छ ।


