Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

थप कर लगाउने गरी आर्थिक ऐनमा व्यवस्था छैन: अर्थमन्त्री

२०८० जेष्ठ २१ गते


बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले थप कर लगाउने गरी आर्थिक ऐनमा कुनै व्यवस्था नगरिएको स्पष्ट पारेका छन् । आइतबार बिहान सेयर कारोबार बन्द गर्ने प्रयास गर्दै अर्थमन्त्रालय पुगेका सेयर लगानीकर्तासँगको छलफलमा मन्त्री महतले सरकारले थप कर लगाउने कुनै योजना नरहेको भन्दै चिन्तित नहुने आग्रह गरेका छन् ।

आन्दोलनतर सेयर लगानीकर्तालाई सम्बोधन गरेर मन्त्री महत बाहिरिएपछि मन्त्रालयले प्रकृतिक व्यक्तिको हकमा साविक बमोजिमको व्यवस्था काम रहेको विज्ञप्ति जारी गरेको छ । पनि लगानीकर्ताहरु भने मन्त्रालयको तर्फबाट आधिकारिक विज्ञप्ति माग गर्दै मन्त्रालयको सूवर्ण हलमा बसिरहेका छन् ।

आन्तरिक राजस्व विभागकाले गत बुधबार पटके लगानीकर्तालाई ५ र साढे ७ अन्तिम कर र व्यवसायीक प्रयोजनका लागि कानून अनुसार कर लाग्नेभन्दै विज्ञप्ति निकालेको थियो ।

बिहीबार लगानीकर्ताको संघ सगठनसँगको छलफलपछि प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यवसायीक प्रयोजनका लागि कानुनअनुसार कर लाग्ने विज्ञप्ति निकालेको थियो ।