Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आगामी आवको बजेटका उद्देश्य र प्राथमिकताहरु

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लय फर्काउन सरकार दृढ रहेको बताएका छन्। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो जानकारी दिएका छन्। उनले आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताए।
अर्थमन्त्री महतले बजेटका उद्देश्य र प्राथमिकताका बारेमा पनि जानकारी दिएका छन्।

उद्देश्य

अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेश आर्थिक वृद्धि हासिल गर्नेछ।
गुणास्तरीय सामाजिक विकास, सुरक्षत र न्याय प्रणाली प्रत्याभूत।
लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने ।
आय तथा रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने ।
समिष्टगत आर्थिक स्थायित्व कायम गर्ने छ।
संघीयताको सबलीकरण र सुशासन कायम गर्ने।
बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्च प्रभाकारिता अभिवृद्धि गर्ने।

प्राथमिकता

कृषि ऊर्जा र पर्यटन क्षेत्रको विकास ।
लगानी प्रवर्द्धन ।
औद्योगिक विकास र व्यापार सन्तुलन ।
सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा ।
गुणस्तरीय भौतिक निर्माण। पूर्वाधार निर्माण ।
डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन।
वातावरण संरक्षण र जलवायु परिवर्तन र विपद् व्यवस्थापन ।
विकास र रोजगारी सिर्जना ।
वित्तीय क्षेत्रको सुधार ।
वित्तीय संघीयताको सुदृढीकरण।
सेवा प्रवाहमा सुधार।
सार्वजनिक वित्त प्रणालीमा सुधार।