Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफद्वारा रू.६४ लाख २५ हजारका दावी भुक्तानी

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा १, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको छ

आफ्नो जीवनकालमा स्व : नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन बीमा योजना लिनुभएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,००० र बोनस बापत रु.१४,२५,००० गरी जम्मा रु.६४,२५,००० इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनुभएको छ ।