Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

२०८० जेष्ठ १४ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् । आइतबारबाट थकालीले कार्यभार सम्हालेका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए । उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरेका थिए । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरेका थिए ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।