Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारको ढुकुटीमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

२०८० जेष्ठ १० गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा सरकारी कोषमा झन्डै २ खर्ब अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकमा गरी कूल १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ सरकारी डिपोजिट रहेको हो ।

यो केन्द्र (संघीय) सरकारदेखि प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो सरकारी डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँ रहेको थियो । गत असारको तुलनामा सरकारी मौज्दात ४० अर्ब ९१ करोड ३० लाख रुपैयाँले घटेको हो ।