Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

२०८० जेष्ठ १० गते

बैंकिङ खबर/ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।

कम्पनीको संचालक समितिको मिति २०८०-०१-२७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८०-०२-०५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको मिति २०८०-०२-०९ गते बसेको संचालक समितिको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गर्नुभयो ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।