
बैंकिङ खबर/चालु आ.व.को तेस्रो त्रैमाससम्ममा विकास बैंकहरुको औषत खराब कर्जा (एनपीएल) ३.४० प्रतिशत छ ।चालु आ.व.को दोस्रो त्रैमाससम्ममा विकास बैंकको खराब कर्जा २.८२ प्रतिशत र पहिलो त्रैमाससमा खराब कर्जा २.३२ प्रतिशत थियो । आर्थिक वर्षमा विकास बैंकहरुको खराब कर्जा निरन्तर बढ्दै गएको छ । रिकोभरी समस्याकै कारण विकास बैंकहरुको खराब कर्जा बढेको हो ।
बैंकहरुले लगानी गरेको कर्जा उठाउन नसक्दा खराब कर्जा निरन्तर बढ्दै गएको देखिन्छ। यसले बैंकहरुको कर्जा लगानीमा चुनौती देखिएको देखिन्छ।
तेस्रो त्रैमासमा आइपुग्दा विकास बैंकको अधिकतम् खराब कर्जा साढे १८ प्र्रतिशत पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा सर्वाधिक १८.५४ प्रतिशत पुगेको छ। त्यसैगरी सबैभन्दा न्यून खराब कर्जा मुक्तिनाथ विकास बैंकको छ।
मुक्तिनाथको खराब कर्जा १.९९ प्रतिशत रहेको छ। चालु आवको दोस्रो त्रैमासम्ममा मुक्तिनाथ बैंकको खराब कर्जा ०.९८ प्रतिशत थियो।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत माथि हुँदा जोखिमयुक्त मानिन्छ। अहिले अधिकांश विकास बैंकका खराब कर्जा ५ प्रतिशत हाराहारी देखिएको छ। यसले एकातिर बैंकहरुको कर्जा नोक्सानी प्रोभिजन बढ्छ भने अर्कोतिर लगानी क्षमता पनि घट्छ।
चालु आ.व.को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्मम ज्योति विकास बैंकको खराब कर्जा ३.८९ प्रतिशत छ।
त्यसैगरी गरिमाको १.९५ प्रतिशत, महालक्ष्मीको ४.६२ प्रतिशत, साइन रेसुङ्गाको २.११ प्रतिशत, लम्बिनी विकास बैंकको ३.७६ प्रतिशत, साग्रिंला डेभलपमेन्ट बैंकको ३.५५ प्रतिशत, कामना सेवाको खराब कर्जा ३.२६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १८.५४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २.५० प्रतिशत छ।
सिन्धु विकास बैंकको ४.२७ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ३.२६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.८१ प्रतिशत र सालपा विकास बैंकको खराब कर्जा ९.०७ प्रतिशत रहेको छ ।