
बैंकिङ खबर/ नेकपा एमालेका सांसद तारा लामा तामाङले गृहजिल्ला कञ्चनपुरका सीमावर्ती क्षेत्रबासीलाई जमिन धितोमा राखेर बैंकिङ कारोबार गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा उनले सीमावर्ती क्षेत्रका बासिन्दाले जमिन धितो राखेर बैंकिङ कारोबार गर्न नपाउँदा कठिनाई भोग्नु परेको बताए।
कञ्चनपुरको सीमावर्ती बासिन्दाहरुको जमिनको सरकारले मालपोत तथा सम्पत्ति कर लिने भए पनि बैंकहरुले धितोको रुपमा राखेर बैंकिङ कारोबार नगर्दा धितो राखी केही गर्न खोज्ने जनताहरु मारमा परेका तामाङको भनाइ थियो।
‘यथाशाक्य सरकारी बैंकहरुबाट भए पनि धितो सकारी बैकिङ कारोबार गर्न पाउने ब्यवस्था गरी दिन र निजी बैंकहरुलाई पनि सो ब्यवस्थाका लागि निर्देशित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।



