Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हुण्डी लगायतका अवैध कारोबारमा कडाइ गरिने

२०८० जेष्ठ ५ गते

बैंकिङ खब/सरकारले पुँजी पलायन रोक्ने भएको छ। आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ।’

विभिन्न माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको ठहर गर्दै सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो।