Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन लाइफको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त

२०८० जेष्ठ ६ गते

बैंकिङ खबर/हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् ।

बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक वर्षे कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् ।

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको थियो ।

कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको हो ।