
बैंकिङ खबर/सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित गरी लघुबिमा कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
संघीय संसदको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाइने बताएका हुन्।
‘देशभर बिमाको पहुँच विस्तार गरिने छ,’ उनले भने, ‘न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिनेछ।’
पौडेलले पछिल्लो समय बैंक ब्याजदरमा तुलनात्मक सुधार हुँदै गएको बताए।
‘पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुँदै आएको छ,’ उनले भने, ‘हाल बैंकको ब्याजदर तुलनात्मक सुधार हुँदै गएको छ,’ उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा नै अहिले अर्थतन्त्र चापमा छ। तर, अहिले क्रमिक सुधार हुँदै गएको छ।’




