Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एक हुँदै युनाइटेट र अजोडः प्राधिकरणले दियो अन्तिम स्वीकृति

२०८० जेष्ठ ३ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीले गत वैशाख २५ गते एकै दिन छुट्टाछुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुने वित्तीकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरे सँगै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएससी, नेप्से लगायतका स्थानबाट पनि अनुमति प्राप्त गर्नुपर्छ ।

मर्जरपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी हुनेछ । मर्जरका लागि आवस्यक सम्पुर्ण प्रकृयाँ पुरा गर्न अगाडी बढिरहेको कम्पनीले यहि १७-१८ गते एकिकृत कारोबारको तयारी गरेको छ । यदि सबै स्थानबाट समयमै स्वीकृति पाइयो भने १७ गते बुधबार संयुक्त कारोबारको उद्घाटन गर्ने तयारी छ ।