
बैंकिङ खबर/राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले अर्थतन्त्रका तथ्यांकले संरचनात्मक सुधार नगरी अर्थतन्त्रका समस्या समाधान नहुने बताएका छन् । मौद्रिक नीतिको तेस्रो समीक्षाका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मौद्रिक नीतिको समीक्षाले बजारका कयौं माग पूरा गरेको र आर्थिक स्थायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार समेत रहेका भट्टले भने, ‘महँगीको चाप अझै छ, विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ ।’ आर्थिक गतिविधि अगाडि बढाउन बजारको मागअनुसार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिएको उनले बताए ।


