
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार, चैत मसान्तसम्म एक लाख ४७ हजार ८०७ जना ऋणीले यो रकम लगेका छन्। सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिएर बैंक तथा वित्तीय संस्थामार्फत ऋण प्रवाह गरिरहेको छ।
कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ऋणीले पैसा चलाएका छन्। उनीहरुले एक खर्ब ३९ अर्ब ६५ करोड ऋण चलाएका हुन्। महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार ७५१ जनाले ऋण लिएका छन्। उनीहरुले ६२ अर्ब २८ करोड चलाएको राष्ट्र बैंकले जनाएको छ। सहुलियतपूर्ण कर्जाको अन्य शिर्षक अन्तर्गत २ हजार ८५६ जनाले अर्को तीन अर्ब १८ करोड रुपैयाँ ऋण चलाएका छन्।


