Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तहरुको निष्कृय कर्जा १२ प्रतिशतमाथि

२०८० बैशाख २८ गते

बैंकिङ खबर/ अधिकांश लघुवित्तको निष्कृय कर्जा बढेको छ । ६३ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३० वटा लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको विवरण अनुसार सर्पोट लघुवित्तले गत वर्षको तुलनामा ०.८९ प्रतिशतले निष्कृय कर्जा घटाउँदा अन्य लघुवित्तको भने निष्कृय कर्जा बढेको छ ।

सबैभन्दा बढी निष्कृय कर्जा निर्धन लघुवित्तको रहेको छ । गत वर्ष निर्धनको निष्कृय कर्जा ३.३३ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा ८.७६ प्रतिशतले बढेर १२.०९ कायम भएको छ ।

सार्वजनिक गरिएको संस्थाहरुमध्ये ६ वटा लघुवित्तको निष्कृय कर्जा १० प्रतिशत माथि रहेको छ । १० प्रतिशत माथि निष्कृय कर्जा रहने लघुवित्तहरु स्वाबलम्बन, धौलागिरी, निर्धन, मनकामना स्मार्ट, यूनिक नेपाल र आरम्भ चौतारी रहेको छ । त्यसैगरी ९ वटा लघुवित्तको निकृष्य कर्जा ५ प्रतिशतमाथि रहेको छ ।

९ प्रतिशतमाथि निष्कृय कर्जा रहने लघुवित्तहरु नाडेप, सिवाईसी नेपाल, ग्रामीण विकास, विजय, आत्मनिर्भर, गुँरास, फरर्वाड, उपकार र कालिका रहेको छ ।

सार्वजनिक गरिएको मध्ये सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष तेस्रो त्रैमाससम्म ७१ करोड ७१ लाख कमाएको थियो भने चालु आर्थिक वर्षमा ८८ करोड ०६ लाख कमाएको छ । जुन गत वर्षको तुलनामा २२.८१ प्रतिशतले धेरै हो । यस आर्थिक वर्षमा सार्वजनिक गरिएको मध्ये जम्मा ४ वटा लघुवित्तले नाफा बढाएको छ भने बाँकी सबैको नाफा गत वर्षको तुलनामा घटेको छ ।

युनिक नेपालको सबैभन्दा धेरै घाटा व्यहोरेको छ । युनिक नेपालमा गत वर्ष यही अवधिमा ७ करोड १७ लाख नाफा कमाएको थियो भने चालु आर्थिक वर्षमा ५ करोड ९८ लाख घाटा रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरुमध्ये ५ वटा लघुवित्त घाटामा जाँदा ती लघुवित्तको प्रति शेयर आम्दाी पनि ऋणात्मक रहेको छ ।

यूनिक नेपाल, गुराँस, धौलागिरी, मनकामना स्मार्ट र आरम्भ चौतारी लघुवित्त घाटामा रहदै गर्दा यूनिक नेपालको प्रति शेयर आम्दानी ५७.७३ प्रतिशतले ऋणात्मक रहेको छ ।