
बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन्। प्रि–बजेट छलफलका क्रममा मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने जानकारी गराएका हुन्।
उनले अर्थतन्त्र चलायमान बनाउन आगामी आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने पनि बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि बताए।



