Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव: सिद्धार्थनगर कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न

२०८० बैशाख २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा सिद्धार्थनगर कार्यालयले विविध अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्याक्रमहरु सम्पन्न गरेको छ ।

साेही क्रममा कार्यालयले वैशाख ९ गते मैत्रीपूर्ण अन्तरबैंक फुटवल प्रतियोगिता सञ्चालन गरेका थियो । सो फुटवल प्रतियोगितामा नेपाल राष्ट्र बैंक सहित प्रदेश स्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका ६ वटा टिमको प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा वाणिज्य बैंकको “ख” टिम विजेता भयो भने नेपाल राष्ट्र बैंक उपविजेता भएको थियो ।

कार्यालयका कर्मचारीहरुबीच आयोजना गरिएको चेस खेल प्रतियोगितामा प्रकाश श्रेष्ठ विजेता तथा सन्तोश गुप्ता उपविजेता भए भने व्याडमिन्टन डवल तर्फ सन्दिप रसाइली र कलिमान ओलीको टोली प्रथम तथा प्रकाश श्रेष्ठ र होम बहादुर गतौंलाको टोलीले द्धितीय स्थान हासिल गर्न सफल भए । व्याडमिन्टन एकल तर्फ भने सन्दिप रसाइली प्रथम तथा प्रदिप घिमिरे द्धितीय भएका थिए । सोही अवसरमा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरुका लागि आयोजना गरिएको बकेट बल प्रतियोगितामा दुर्गा प्रसाद अर्याल विजेता बने ।

त्यसैगरी कर्मचारीहरुका परिवारका लागि आयोजना गरिएको हण्डिफोर प्रतियोगितामा उप–निर्देशक खगराज सापकोटाको श्रीमती कमला शर्मा कंडेल विजेता बनिन् ।

कर्मचारीहरुका छोराछोरीहरुलाई उमेरका आधारमा ३ समुहमा विभाजन गरी आयोजना गरिएको बाल चित्रकला प्रतियोगितामा समुह ‘क’ बाट सहायक निर्देशक सुशिल खनालको छोरी सुविसा खनाल प्रथम, प्रधान सहायक शिशिर मोदकका पुत्र मधुसुधन मोदक द्धितीय तथा सहायक पुजा गुप्ताकी छोरी प्रिसा गुप्ता र सहायक निर्देशक सन्तोष गुप्ताका छोरा सौर्य गुप्ताले तृतीय स्थान हासिल गरे ।

सोही प्रतियोगितामा समुह ‘ख’ बाट सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्य दाहाल प्रथम, प्रधान सहायक प्रकाश श्रेष्ठको छोरी प्रनिसा श्रेष्ठ द्धितीय तथा प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिस आचार्य र सहायक निर्देशक देवराज ज्ञवालीका पुत्री देवान्सी ज्ञवाली तृतीय भए भने समुह ‘ग’ बाट प्रधान सहायक सुभास चन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरी क्रमशः प्रथम र द्धितीय भए । प्रधान सहायक दिपक गौतमका छोरा दिवस गौतम तृतीय भएका थिए ।

कर्मचारीहरुबीच आयोजित टेबल टेनिस प्रतियोगितामा पुरुष तर्फ शिशिर शर्मा प्रथम तथा कृष्ण प्रसाद भट्टराई द्धितीय हुनुभयो भने महिला तर्फ निर्मला दाहाल प्रथम तथा पुजा गुप्ता द्धितीय भएका थियो ।

सोही अवसरमा आयोजित अन्तरफाँट हाजिरी जवाफ प्रतियोगितामा आर्थिक अनुसन्धान इकाईका सुशिल खनाल, कमल प्रसाद आचार्य, दिक्षा अर्याल प्रथम तथा बैंकिङ इकाईका केशव श्रेष्ठ, प्रकाश श्रेष्ठ, प्रदिप घिमिरे द्धितीय भएका थिए । यसैगरी अन्तरफाँट फुटसल प्रतियोगितामा बैंकिङ इकाई विजेता तथा आन्तरिक प्रशासन तथा लेखा फाँट उपविजेता भयो ।

बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते बुधबार नेपाल रेडक्रस सिद्धार्थनगरको समन्वयमा कार्यालयले रक्तदान कार्यक्रमआयोजना गरेको थियो । सो अवसरमा यस बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि गरी कुल ५८ जनाले रक्तदान गरेका थिए ।

बैंकको वार्षिकोत्सवका अवसरमा वैशाख १४ गते कार्यालयले निर्देशक सत्येन्द्र राज सुवेदीको अध्यक्षतामा शुभकामना आदान प्रदान, पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा कार्यालयका उप–निर्देशक जीवन प्रकाश पाण्डेयले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा नेपाल राष्ट्र बैंक पुर्व कर्मचारी संघ, सिद्धार्थनगर समितिका अध्यक्ष शिवहरि अर्याल, नेपाल वित्तीय संस्था कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष देवराज ज्ञवाली, नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष पदमराज भुषालले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा विजयी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा कार्यालयका निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष सत्येन्द्र राज सुवेदीले विजेता टोली तथा सम्पुर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना मन्तब्य राख्दै राष्ट्र बैंकको गरिमालाई अझै उचाइमा पुर्याउन सम्पूर्ण कर्मचारीहरुले आ–आफ्नो तह तप्कावाट महत्वपूर्ण भुमिका निभाउनु पर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरेका थिए ।

यस कार्यालयमा लामो समय काम गरी टक्सार महाशाखामा सरुवा भई गएका उप–निर्देशक गुलाव धवललाई सोही कार्यक्रममा कार्यालयको तर्फबाट विदाई समेत गरिएको थियो । उक्त कार्यक्रम सञ्चालन सहायक निर्देशक शुसिल खनालले गरेका थिए ।

 

Ad