Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्स लघुवित्तको नवौ वार्षिक साधारणसभा सम्पन्न

२०८० बैशाख १७ गते

बैंकिङ खबर/ केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको यस नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नबौ वार्षिक साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा सम्पन्न भएको छ ।

सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०७८।०७९ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशतले हुन आउने रु.८८००१२४६।०३ बोनस शेयर जारी गरी संस्थाको चुक्ता पुँजी रु. ६७४६७६२१९।५३ पुरयाउने प्रस्ताव पारित गरेको छ । साथै सभाले आ.व.२०७८।७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाहसहितको वित्तीय विवरणहरु पारित गरेको छ ।

२०७९ चैत्र सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरी ६४ वटा जिल्लामा १०१ वटा शाखा कार्यालयमार्फत करिव १ लाख ५० हजार विपन्न परिवारलाई सेवा पुर्याइरहेको छ ।

यस्तै यस अवधीमा संस्थाले ८१ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु ११ अर्ब २६ करोड कर्जा लगानीमा रहेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत ३ अर्ब २३ करोड संकलन गर्न सफल भएको साथै संस्थाले एक वर्ष अगाडी महिला सहयात्रा लघुवित्तलाई मर्ज गरी हाल समिट लघुवित्त संस्थालाई गाभिने प्रकृयामा रहेको जानकारी गराउँदै आउँदो दिनमा संस्थालाई अझ सवल र सक्षम बनाउँदै विशेष गरी Credit Plus Activities मा Focus गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरी अगाडि बढने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताउनुभयो ।

कार्यक्रममा संस्थापक शेयर धनि डा. सुमित्रा मानन्धर गुरुङ, प्रकाश भुषाल, शान्ता लक्ष्मी श्रेष्ठ, संगिता लामा तथा अन्य शेयरधनी शिव प्र. पौडेल, चन्द्र नारायण श्रेष्ठ, डमरु वल्लव घिमिरे तथा दिपक प्रधानले अध्यक्षको प्रतिवेदन माथि मन्तव्य, सुझाव तथा उत्तरोतर प्रगतीको कामनासहितको मन्तव्य राख्नु भएको थियो ।