Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक, वित्तविरुद्ध गैरकानुनी क्रियाकलाप गरे तत्कालै मुद्दा चलाउने चेतावनी

२०८० बैशाख १७ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ  नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ।

पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसंघले यस्ता क्रियाकलापमा संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो।

संगठित रुपमा नै केही व्यक्ति, संस्था र समूहले बैंक तथा वित्तीय संस्थाको गरिमा र प्रतिष्ठामा नै आँच पुर्याएको गतिविधि गरिरहेको परिसंघले जनाएकोे छ ।यस्ता क्रियाकलाप रोक्नको लागि सहजीकरण गरिदिन पनि बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।