Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘राष्ट्र बैंकको कसिलो र संकुचित मौद्रिक नीतिलाई खकुलो बनाएर ब्याजदर घटाउनुपर्छ’

२०८० बैशाख १३ गते

बैंकिङ खबर/अर्थमन्त्री डा‍. प्रकाशशरण महतले मौद्रिक नीतिलाई अलि खुकुलो बनाउनुपर्ने बताएका छन् । कान्तिपुर मिडियाले आयोजना गरेको आर्थिक समिटमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकको जुन कसिलो तथा संकुचित मौद्रिक नीति छ, त्यसलाई अलि खकुलो बनाउनुपर्‍यो। त्यसले ब्याजदर तल आउँछ र मौद्रिक नीतिका अन्य प्रावधानमार्फत पुँजी प्रवाह बढ्छ,’ मन्त्री महतले भने। यस्तै, मन्त्री महतले वैदेशिक सहयोग तथा ऋणबाट, आन्तरिक ऋण र राजस्वबाट जुटाएर गर्ने पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्ने बताए।