Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

चुक्ता पुँजी बढाउन बीमा कम्पनीलाई ३ महिना थप

२०८० बैशाख १२ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले तोकेको समयावधिमा चुक्ता पुँजी पुर्‍याउन नसक्ने बीमा कम्पनीहरुलाइ थप समय दिएकाे छ । कम्पनीहरुलाई प्राधिकरणले अझै ३ महिनाको थप गरिदिएको हो।

जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने मापदण्ड तोकिएको छ। यसअघि प्राधिकरणले गत चैतभित्र चुक्ता पुँजी त्यति पुर्‍याउन निर्देशन नदिएको थियो। पुँजी बढाउन कम्पनीहरुबीच मर्जर भइरहेको छ। हाल ४ वटा कम्पनीहरुले मात्र पुँजी पुर्‍याएका छन्।

जसमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन्। बाँकी कम्पनीले मर्जरमा गएर पनि तोकिएको पुँजी पुर्‍याउन सकेका छैनन्।

चुक्ता पुँजी पुर्‍याउन नसकेका कम्पनीहरुले समय थपिदिन माग गर्दै आएका थिए। बीमा दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी दोस्रो संशोधन निर्देशिका-२०८० जारी गर्दै समय थप गरेको प्राधिकरणले जनाएको छ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अब आगामी असार मसान्तभित्र तोकेको चुक्ता पुँजी पुर्‍याउनु पर्ने छ। जीवन बीमा १७ र निर्जीवन बीमा कम्पनी १६ वटा छन्।